गुरुयोजना बनाएरै ठूलाकोट विकास

समाधान संवाददाता २०७६ फागुन ३० गते १४:३६

समाधान संवाददाता
लेखनाथ

Advertisement

पोखरा २८ मा रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र ठूलाकोटको विकासको गुरुयोजना बनाउने प्रयास थालिएको छ । ठूलाकोटको विकासका लागि गठित पर्यटन प्रवद्र्धन समितिले उद्योग वाणिज्य संघका पदाधिकारीसँग बिहीबार गरेको अन्ततक्रियाका सहभागीले यस ठाउँको विकासका लागि गुरुयोजना नै बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ठूलाकोट धार्मिक पर्यटन विकास समिति अध्यक्ष ऋषिराम त्रिपाठीले ठूलाकोट क्षेत्र धार्मिक रुपमा प्रसिद्ध शक्तिशाली कालभैरव देवीको मन्दिर रहेको, ऐतिहासिक रुपमा पनि १५ औं शताब्दीमा कुलमण्डल शाहका माइला छोरा चैते शाहले राज्य गरेको ठाउँ भएको बताए । उनले प्राकृतिक, सांस्कृतिक एवं रणनीतिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण ठाउँ भएको भन्दै पर्यापर्यटन, धार्मिक पर्यटन र साहित्यिक पर्यटनका लागि प्रचूर सम्भावना रहेको उल्लेख गरे ।

उद्योग वाणिव्य संघका अध्यक्ष बलराम ढकालले ठूलाकोट मौजा क्षेत्रमा प्रशस्त सम्भावना रहेको र यसलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने भएको बताउँदै गुरुयोजना तयार गर्न आग्रह गरे । यसका लागि निजी क्षेत्रका तर्फबाट जस्तोसुकै सहयोग गर्न लेखनाथ उद्योग वाणिज्य संघ तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका, पुर्व अध्यक्ष चतुराखर अधिकारी, बाबुराम गिरी, द्धित्तिय उपाध्यक्ष राजेन्द्र ओझा, प्राध्यापक सुरेन्द्रबाबु तिवारी, पर्यटन व्यवसायी दामोदर भक्त थापा, अर्जुन भण्डारी, कृष्ण प्रसाद तिमिल्सिना, वेगनासताल धार्मित तथा पर्यटन विकास समितिका कार्यसमिति सदस्य कृष्ण प्रसाद ढुंगाना लगायतले गुरुयोजना तयार गर्दा वातावरणीय प्रभाव, ठाउँ अनुसारको महत्वको पहिचान, पुर्वाधारहरुको विकास लगायतका कुराहरुमा ध्यान दिईनुपर्ने र गुरुयोजना तयार भएर थन्कीने अवस्थामा हुन नहुनेमा जोड दिएका थिए ।

Advertisement

ठुलाकोटको पर्यटकिय विकासका लागि गठित धार्मिक तथा पर्यटन विकास समितीले विभिन्न पक्षहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रमलाई तिव्रता दिईरहेको छ भने समितिको पहलमा पोखरा महानगरले गुरु योजनाको लागि अग्ररसरता लिएको समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया