कोरोना भाइरसः २४ घण्टामा बेलायतमा ज्यान गुमाउनेको संख्या दोब्बर

समाधान संवाददाता २०७६ चैत २ गते १२:१६

एजेन्सी

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा बितेका २४ घण्टामा थप १० व्यक्तिको मृत्यु भएको छ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।

Advertisement

बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ सय ४० पुगेको छ।

संक्रमित र मृतकको बढ्दो संख्यालाई ध्यानमा राख्दै बेलायती सरकारले बेलायती कम्पनीहरुलाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको उत्पादनमा वृद्धि गर्ने लक्ष्य दिएको छ।

Advertisement

उत्पादकहरुसँग सोमबार कन्फ्ररेसन गर्दै बेलायती प्रधानमन्त्रीले उनीहरुलाई संक्रमणको नियन्त्रण र रोकथामको राष्ट्रिय प्रयास जोडिन आग्रह गरेका थिए।

यसैगरी कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ। यो रोक सोमबार मध्यरातबाट लागु हुने अमेरिकाले जनाएको छ।

गत साता अमेरिकाले युरोपका अन्य मुलुकहरुबाट आफ्नो देशमा हुने हवाइ आवागमन रोक्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया