कास्कीमा २ सहित गण्डकीमा ५ जनामा डेंगु भेटिएयाे

समाधान संवाददाता २०७६ चैत २ गते १२:२३

समाधान संवाददाता
पोखरा

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएर विश्मसमुदायलाई नै चिन्तित बनाइरहेको समयमा नेपालमा ३६ जनामा डेंगु देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका विभिन्न अस्पतालमा डेंगुको बिरामी भेटिएको बताएको छ ।

कास्कीमा २ सहित गण्डकीमा ५ जनामा डेंगु भेटिएको हो । गोरखा, म्याग्दी र नवलपुरमा १÷१ जनामा डेंगु देखिएको छ । काठमाडौं, ललितपुर, मोरङमा ३÷३, सुनसरीमा २, नुवाकोट, रामेछाप, झापा र मकवानपुरमा १÷१ जना बिरामी भेटिएका छन् । प्रदेश ५ मा १४ र सूदूरपश्चिममा २ जना डेंगु भेटिएको महाशाखाले जनाएको छ ।

Advertisement

मौसम परिवर्तन भएसँगै डेंगुका बिरामी पनि देखिन थालेका छन् । गण्डकी प्रदेशमा महाशाखाले बिरामी भेटिएको बताएसँगै कुन–कुन क्षेत्रमा देखिएको ठाउँ यकीन गरी नियन्त्रण थालिने स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए । स्थानीय तहले पठाएको रिपोर्ट अनुसार महाशाखाले बिरामीको तथ्यांक प्रस्तुत गरेको हुनसक्ने बताउँदै उनले प्रदेशको हकमा बिरामी भए नभएको छिटै वास्तविकता पत्तो लगाइने सुनाए । वर्षाको मौसमसँगै पोखरामा यही वर्ष झन्डै २ हजार जनामा डेंगु संक्रमण देखिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया