कास्की रग्बी संघमा सुवास

समाधान संवाददाता २०७६ चैत २ गते १३:०१

समाधान संवाददाता
पोखरा

कास्की जिल्ला रग्बी संघको दोस्रो साधारणसभा तथा अधिवेशनले सुवास खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चुनेको छ । उपाध्यक्षमा नारायण पहारी, सचिवमा वासु जिसी, कोषाध्यक्षमा सुष्मी श्रेष्ठ र सदस्यमा मीलन गुरुङ, किरण थापा, मदन लम्साल, दीपक गुरुङ, विशाल गोले, मदन क्षत्री र सुष्मिता थापा छन् ।

कार्यक्रममा नेपाल रग्बी संघका केन्द्रीय सचिव गोविन्द घिमिरेले पोखरामा १ वषभित्रै राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता गर्ने उल्लेख गरे । उनले ३ विभागीयसहित सातै प्रदेशको सहभागितामा पहिलो राष्ट्रिय प्रतियोगिता गर्ने योजना सुनाए । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले रग्बीको विकास र विस्तारका सहयोग गर्ने प्रतिवद्धता गरे । उनले प्रशिक्षणका लागि पोखरा रगंशालाभित्रै मैदान उपलब्ध गराउने वाचासमेत गरे ।

Advertisement

कास्की जिल्ला खेलुकद विकास समितिका पूर्व कोषाध्यक्ष दीपकबहादुर गोदारले खेलकुदको नेतृत्वकर्ताले सबै दर्ता भएका खेल संघलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दर्ता गरिदिने तर व्यवस्थित गर्नेतर्फ ध्यान नदिई झोले संघ बनाउन नहुनेमा जोड दिए । अधिवेशनमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का, क्षत्री समाज नेपालका युवा कमिटी अध्यक्ष दिनेशबाबु खड्का लगायले रग्बीको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे । २ वर्षअघि संघ स्थाना भए पनि पोखरामा रग्बीका कुनै गतिविधि भएका छैनन् ।

Advertisement

तपाईको प्रतिक्रिया