चेम्बरको युवा कमिटीकाे अध्यक्ष्यमा पूर्ण

समाधान संवाददाता
पोखरा
युवा उद्यमी, व्यवसायीको भेलाले पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको युवा कमिटी अध्यक्षमा पूर्ण श्रेष्ठलाई चयन गरेको छ । कमिटी उपाध्यक्षमा प्रीतम सेन र सोवित ठकुरी, महासचिव सुरेन्द्र पुन, सचिव नवीन श्रेष्ठ, कोषाध्यक्ष सुमन गुरुङ र सहकोषाध्यक्ष विशाल बास्तोला छन् ।
सदस्यमा नगेनसिंह ठकुरी, नारायण तिवारी, रमा गुरुङ र नरमाया रसाइली छन् । सल्लाहकारमा डा. रोशन गौतम, नवराज आचार्य रहेको पोखरा चेम्बर अफ कमर्स कास्कीका किसान सुनारले जानकारी दिए । अध्यक्ष सुनारले पोखरा चेम्बरले उद्योग, वाणिज्य, यातायात, बैंकिङ, बिमा, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सेवा व्यवसाय क्षेत्रमा काम गरेको बताए ।
पोखरा चेम्बरले कास्की जिल्ला स्तरमा काम गरेको भए तापनि पोखरा महानगर स्तरीय समिति नबनेको बताउँदै अध्यक्ष सुनारले महानगरमा ८ वटा इकाइ बनाएर काम गरेको उल्लेख गरे । ‘वस्तुगत संघका प्रतिनिधि तथा उद्योगी व्यवसायीको राय, सुझाव संकलन गरी लिपिबद्ध गरेका छौं,’ अध्यक्ष सुनारले भने, ‘टोल फ्री नम्बर राखेर व्यवसायीका गुनासा सम्बोधन गर्ने प्रणालीको विकास गरेका छौं ।’ उनले कर प्रणाली र घरभाडाको सवालमा चेम्बरले काम गरेको सुनाए ।
कार्यक्रममा चेम्बरका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी गौतम र वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, चेम्बर युवा कमिटीका अध्यक्ष पूर्ण श्रेष्ठ लगायतले उद्योगी व्यवसायीका समस्याबारे बोलेका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया