कोरोना भाइरसबारे छलफल गर्न मुख्यमन्त्रीहरु काठमाडौंमा

समाधान संवाददाता, काठमाडाैं
संघीय सरकारले नोवल कोरोना (कोभिड–१९) भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ ।
कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरुलाई बोलाइएको हो।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ।
उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएको हो। बैठक सिंहदरबारमा बस्नेछ।
उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिउँसो १ बजे बैठक राखिएको जानकारी दिए।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ।
मुख्यमन्त्रीहरुले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया