भारतमा कोरोना संक्रमितको संख्या १०० नाघ्यो, सबैभन्दा धेरै महाराष्ट्रमा

एजेन्सी
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ७ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार त्यहाँ २४ जना नयाँ बिरामी फेला परेका हुन्।
कोरोनाका धेरै बिरामी महाराष्ट्र राज्यमा देखिएका छन्। त्यहाँ अहिलेसम्म ३१ जनामा कोरोना भाइरस देखिएको छ। अर्को दक्षिणी राज्य केरलामा २२ जना संक्रमित भेटिएका छन्।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने अहिलेसम्म ११ जनामा यो भाइरस देखिएको छ। कर्नाटकमा ६, दिल्लीमा ७, लद्दाखमा ३, राजस्थान र जम्मु-कस्मिरमा २-२ जनामा संक्रमण पुष्टि भएको छ। तेलंगना, तमिलनाडु, आन्ध्रप्रदेश र पञ्जाबमा पनि १-१ जना बिरामी भेटिएका छन्। हरियाणा राज्यमा रहेका १७ जना सबै संक्रमित विदेशी हुन्।
कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन्।
अधिकारीहरुले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन्।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया