मुस्ताङका २ स्थानमा आइसोलेसन कक्ष

समाधान संवाददाता २०७६ चैत ४ गते १४:१७

जोमसोम अस्पतालमा १ शड्ढयाको आइसोलेन वार्ड । तस्बिरः सुन्दरकुमार थकाली ।

एसके थकाली
जोमसोम

मुस्ताङका २ स्थानमा नोबल कोरोनाको उपचारका लागि आइसोलेसन वार्ड स्थापना गरिएको छ । जिल्लाको थासाङ गाउँपालिका ३ लेतेको लेते प्राथमिक स्वास्थ्य केन्द्र र घरपझोङ गाउँपालिका ४ जोमसोमको जिल्ला अस्पतालमा १ कोठा १ बेड क्षमताको आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

मुस्ताङ भित्रिने पर्यटक तथा स्थानीयमा कोरोना फैलिन नपाओस् भन्ने हेतुले शंकास्पद व्यक्तिलाई अलग्गै आइसोलेसन वार्डमा राख्ने व्यवस्था मिलाइएको मुस्ताङका प्रजिअ वेदप्रकास अर्यालले जानकारी दिए । उनले जिल्ला कोरोना प्रकोपबाट सुरक्षित रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आवश्यक भएको बताए । ‘आइसोलेसनलाई थप व्यवस्थित गर्ने सोचमा छौं,’ उनले भने, ‘सबै पूर्वाधार जुटाएर कार्यक्रम अघि बढ्नेछ, यसमा सबै सरोकारवालाको सहयोग मिलेको छ ।’

जोमसोम अस्पतालका डाक्टर केबिन पौडेलका अनुसार बिरामीेले कोरोना शंकास्पद भनी उल्लेख नगरिए पनि दैनिक ३० देखि ३५ जनाको संख्यामा बिरामी अस्पतालमा आउने गरेका छन् । उनले कोरोना शंकास्पद हालसम्म नदेखिएको र त्यस्तो पाइएमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइको बताए ।

Advertisement

यसअघि जिल्ला प्रशासन कार्यालयको पहलमा मुक्तिनाथ, जोमसोम विमानस्थल र थासाङको घाँसामा हेल्थ डेस्क स्थापना गरिएको थियो । जाडो छल्न गएका मुस्ताङ र जिल्ला भित्रिने पर्यटकलाई हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराएरमात्रै प्रवेश अनुमति दिने व्यवस्था गरिएको थियो । हेल्थ डेस्क स्थापनापछि नेपाली सेनाको स्वास्थ्य चिकित्सकलाई जोमसोम विमानस्थल र मुक्तिनाथ र घासामा जिल्लाका स्वास्थ्यकर्मी, एक्याप लगायतको टोली खटिएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा समेत हेल्थ डेस्क राखिने बताइएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय प्रशासन कार्यालयले पर्चा पम्प्लेट वितरण गरेर नागरिक सचेतनामूलक कार्यक्रम गरेको छ । कोरोना संक्रमण रोक्न आवश्यक परे जिल्लाका स्वास्थ्यकर्मी परिचालन गर्ने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया