बर्दीमै नेपाल छिरे तीन भारतीय सुरक्षाकर्मी

समाधान संवाददाता, काठमाडाैं
हरियाणा प्रहरीका तीन अधिकारी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् ।
भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु आएको बयान दिएका छन् ।
घरका ७ जना सदस्यलाई उनले खानामा विष मिलाएर बेहोस बनाएर घरबाट २५ लाख भारु चोरेर भागेका एक जनाको ठेगाना फरक/फरक भए पनि त्यसलाई निश्चित गर्न उनीहरु आएका साउदले जानकारी दिए ।
‘दैलेखको एक जनाले भारतमा काम गरिरहेको घरको परिवारका सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ,’ प्रहरी निरीक्षक साउदले भने, ‘उसको ठेगाना फरक/फरक भएपछि ठेगाना कन्फर्म गर्न उनीहरु यहाँ आएका हुन्।’
‘यहाँ पोशाक लगाएर आउन हुँदैनथ्यो, हामीले किन आएको भनेर सोधेपछि उनीहरूले प्रहरी कार्यालय जाँदा लगाउनुपर्छ होला भन्ने लागेर लगाएको भन्नुभयो,’ साउदले भने, ‘हामीले यसो गर्न मिल्दैन भनेपछि तुरुन्तै माफी मागेका छन्।’
तपाईको प्रतिक्रिया