लेकसाइडको वाराहीचोकमा हेल्थ डेक्स

समाधान संवाददाता २०७६ चैत ५ गते १२:२१

समाधान संवाददाता
पोखरा

कोरोना भाइरस संक्रमण भित्रन र फैलनबाट रोक्न पोखरामा सतर्कता अपनाइएको छ । लेकसाइड पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरले वाराही चोकमा हेल्थ डेक्स स्थापना गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन महानगरले वाराही चोकमा हेल्थ डेक्स स्थापना गरेको हो । सडकमा आवतजावत गर्ने व्यक्तिलाई ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग र रुखाखोकीबारे जानकारी गराइने व्यवस्था गरिएको पोखराका उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् । ‘महानगरको हिजो बसेको बैठकले वाराही चोकमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेको थियो, त्यही अनुसार स्थापना गरिएको हो,’ उनले भनिन् ।

Advertisement

डेक्सबाट कोरोनाको लक्षण, बच्ने उपाय आदिबारे स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । वाराही चोकमा स्थापना गरिएको उक्त डेस्कको उपमेयर मञ्जुदेवीले अनुगमन गरिन् । अनुगमनका क्रममा कोरोनाबारे राम्रोसँग मानिसलाई जानकारी गराउन र डेस्क धेरै मानिसको आवतजावत हुने स्थानमा राख्न सुझाइन् । पोखरा महानगरले पोखरा विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया