स्पेनमा थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि, ४९१ को मृत्यु

समाधान संवाददाता २०७६ चैत ५ गते १२:४०

एजेन्सी

स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ संक्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ।

Advertisement

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र यूरोपमा दोस्रो मुलुक बनेको छ।

भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भएपनि पछिल्ला केही दिनमा चीनमा नयाँ संक्रमण दर सरदर एक अङ्कमा झरेको बताइएको छ।

Advertisement

चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।

संक्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ।

अमेरिकामा संक्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा संक्रमण भेटिएको छ।

तपाईको प्रतिक्रिया