योजना कार्यान्वयनमा समन्वय गर

३ तहका चुनावपछि अहिले मुलुकमा संघीयता कार्यान्वयनमा आएको छ । ३ तहकै सरकार यहाँ क्रियाशील छन् । संविधानले उनीहरुको अधिकार क्षेत्र सुनिश्चित गरिदिएको छ । र पनि फेरि संघीयताको दीगोपनमा शंका कायमै छ । राजनीतिक दलका नेताहरुलाई त यस्ता शंकापूर्ण भाषण गर्दै हिँडेको पाइन्छ, जुन छुट उनीहरुलाई छैन । नीति निर्माण तहमा बसेका अधिकारप्राप्त अधिकारले पनि नागरिकको निराशालाई आशामा बदल्ने गरी योजना बनाउन सक्नुपर्छ । यातायात, खानेपानीको सुविधा त पुगेको छैन । गाउँसहर खुला दिसामुक्त बन्न सकेका छैनन् । विकासका लागि ठूला कुरा गर्नुपर्दैन, ससना पूर्वाधारबाट सुरु गरे हुन्छ । तर यहाँ त काम भन्दा कुरा धेरै गरेरै नेताहरुले नागरिकलाई झुलाउने काम गरे । गण्डकी प्रदेश सरकार अहिले पहिलोपटक पञ्चवर्षीय योजना तयार गरेको छ । प्रदेश नीति तथा योजना आयोगले यसका लागि ११ वटै जिल्लामा सुझाव संकलन लगत्तै आधारपत्र तयार पारेर अहिले प्रदेश विकास परिषदको बैठक पनि सकिएको छ ।
नेपालमा योजनाबद्ध विकासको सुरुआत विसं २०१३ सालबाट भएको हो । अहिलेसम्म कहिले ३ वर्षे अन्तरिम त कहिले त्रिवर्षीय गरी १३ वटा योजना पूरा भएर चौधौं योजनामा मुलुक अघि बढिरहेको छ । २०१३ देखि अहिलेसम्मको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने थुप्रै परिवर्तन भएका छन् । प्रजातन्त्रको शैशवकालमा पञ्चवर्षीय योजना सुरु भयो । त्सलगगत्रै पहिलो जननिर्वाचित सरकार बन्यो । २०१७ पुस १ गतेबाट १ दलीय पञ्यायती व्यवस्था, २०४६ चैत २६ मा वहुदलीय व्यवस्था र अहिले आाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हामी छौं । यति धेरै व्यवस्था फेरिए, योजना बने, ती योजना अनुसार खर्बौं रकम खर्च पनि भयो । तर नागरिकले चाहेजस्तो विकासको फल चाख्न भने पाएका छैनन् । समय र परिवेश अनुसार शब्द चयनमा बदलाव आएको छ । अबका योजनाहरुमा विकासको ठाउँ समृद्धिले लिएको छ । राजनीतिक अस्थिरताको ठाउँमा स्थिरताले ठाउँ पाएको छ । यही परिवेशमा मुलुकको १५ औं पञ्च वर्षीय योजनासँग तादम्यता मिलाएर गण्डकी प्रदेशले पहिलो पटक पञ्चवर्षीय योजना तयार पारेको छ । परिषदको बैठकमा प्राप्त सुझावलाई समेटेर योजनाले अन्तिम रुप पाउनेछ ।
पहिलोपटक प्रदेशले पञ्चवर्षीय योजना बनाउनु आफैमा सकारात्मक हो । तर अझै पनि आशंका कार्यान्वयनमै हो । योजना कार्यान्वयनमै आए पनि अनुगमनका लागि अझै प्रभावकारी संयन्त्र तयार भएकै छैन । अब कार्यान्वयन र अनुगमनमा विशेष ख्याल पुर्याउनुपर्छ । प्रदेशले आगामी ५ वर्षमा १०.२ को आर्थिक वृद्धिदर हासिल गर्न सवा १० अर्ब बजेटको प्रक्षेपण गरेको छ । न्यून आय भएको प्रदेशले यति ठूलो रकम जुटाउन त्यति सहज पक्कै छैन । विदेशी ऋण, अनुदान र सहयोगका लागि केन्द्र सरकारले यसमा सहयोग गर्नुपर्ने हुन्छ । तर अहिले विद्यमान कानुनहरुमा प्रदेशको नीति तथा योजना आयोग र केन्द्रको योजना आयोगबीच समन्वयको कुरा कतै उल्लेख छैन । कानुनी रुपमा उल्लेख नभए पनि व्यावहारिक रुपमा भने समन्वय हुनु जरुरी छ । किन भने स्थानीय तह र प्रदेशका योजना सफल नभएसम्म संघीय सरकारले राखेको लक्ष्य पूरा हुन सक्दैन । त्यसैले कानुन बनाउने कुरामा, समन्वय गर्ने काममा अब ढिला गर्नु हुँदैन ।





महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया