पोखराको ‘नाइट डान्स पार्टी’बाट चरेशसहित ६ विदेशी र सञ्चालक पक्राउ

समाधान संवाददाता, पाेखरा
मंगलबार फेवातालको मुहानतर्फ पामे माथिको गाउँमा रहेकाे रेष्टुरेण्टमा हल्लाखल्ला भयो। मानिसहरु होहल्ला गरिरहेका थिए। गाउँलेलाई असह्य भयो।
गाउँलेले प्रहरीलाई जानकारी गराए।
कास्की प्रहरीको टोली राति २ बजे घटनास्थल पोखरा २३ चापाकोट पुग्यो। त्यतिबेला पनि केही विदेशी र नेपालीहरु संगीतमा झुमिरहेका थिए। २० देखि २५ जनाको समूहमा रहेका उनीहरुलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर छापा मार्यो।
‘राति २ बजे पनि उनीहरु नाचिरहेका रहेछन्, सर्च गर्दा चरेश फेला पर्यो’, कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘त्यसपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं।’
पोखरा सहरको कोलाहलभन्दा टाढा गाउँको सामान्य रेष्टुरेण्टमा भएको यो कार्यक्रम ‘लागु औषध, मदिरा र संगीत’को ‘ट्रान्स पार्टी’ भने नभएको एसपी कार्कीले बताए।
‘यो डान्स पार्टी रहेछ, ट्रान्स पार्टी होइन’, उनले भने, ‘चरेस भेटिएकाले ६ जना विदेशी र १ जना नेपाली रेष्टुरेण्ट सञ्चालकलाई पक्राउ गरेका हौं।’









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया