जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

अर्जुन काफ्ले /स्याङ्जा संवाददाता
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती बालिका करणी गर्न खोज्नेलाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका ८ का ४२ वर्षीय डिलबहादुर गोदारलाई जबरजस्ती करणीको प्रयास गरेको अरोपमा पक्राउ गरेको हो ।
यही चैत्र ३ गते १४ वर्षीय बालिकालाई संबेदनशिल अंगहरुमा समाई जवरजस्ती करणी गर्ने प्रयास गरेकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको पिडीतले वडा कार्यालय वालिङमा दिएको उजुरीका आधारमा गोदारलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।
पिडीतले वडा कार्यालय वालिङमा दिएको उजुरीका आधारमा गोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।
पक्राउ परेका गोदारलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राख्ने म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया