चितुवाको आक्रमणबाट पोखरामा वन प्रमुखसहित तीन घाइते

समाधान संवाददाता, पाेखरा
पोखरा १३ मियापाटन निवासी खगेन्द्रबहादुर गुरुङको बाथरुममा बिहानै चितुवा पस्यो। गुरुङ परिवारले हल्ला गरे, प्रहरी बोलाए। बाथरुमभित्र पसेको चितुवालाई निकाल्नुपर्ने भयो। नियन्त्रणका लागि जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामजी श्रेष्ठसहित प्रहरीको टोली पुग्यो। स्थानीय पनि जुटे।
बाथरुमभित्र बसेको चितुवालाई उनीहरुले हेर्न खोजे। यत्तिकैमा चितुवा आक्रमणमा उत्रियो। चितुवाले कोपर्दा कास्कीका वन प्रमुख श्रेष्ठ सामान्य घाइते भएका छन्। सशस्त्र प्रहरी हवल्दार फटिक मगर चितुवाको आक्रमणबाट जोगिन खोज्दा हातमा चोट लागेको छ।
चितुवाको आक्रमणले औद्योगिक क्षेत्र बस्ने श्यामबहादुर थापाको भने टाउको र पाखुरामा चोट लागेको छ। उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको कास्कीका इन्स्पेक्टर नरहरी अधिकारीले जानकारी दिए।
सामान्य घाइते भएका वन प्रमुख श्रेष्ठ र सशस्त्र प्रहरी हवल्दार मगर सामान्य उपचार गरेर घर फर्किएका छन् भने थापालाई अस्पतालमै राखिएको छ ।
आक्रमणकारी चितुवालाई भने नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया