लोक सेवा आयोगको परीक्षा स्थगित
समाधान संवाददाता
२०७६ चैत ६ गते १४:२५

समाधान संवाददाता, काठमाडाैं
सरकारले लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।
चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन् ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया