ठुलो परिमाणमा हतियार तथा गोलिगठ्ठा बरामद

समाधान संवाददाता २०७६ चैत ६ गते १७:००

समाधान संवाददाता, नवलपुर

नवलपुर जिल्ला, हुप्सेकोट गाउँपालिका वडा नं. २ ठुलो परिमाणमा हतियार तथा गोलिगठ्ठा बरामद भएका छन् ।

विषेश सूचनाकाे आधारमा स्थानिय तारा बहादुर बिककाे घरमा खाेज तलासी गर्दा उनकाे काेठामा लुकाई छिपाई राखेकाे उक्त हतियार तथा गाेलिगठ्ठा बरामाद भएकाे हुन् ।

Advertisement

निज तारा बहादुर बिकको घरबाट बरामद भएका हतियारहरु यसप्रकार छन्ः भरुवा बन्दुक१ थान, भरुवा बन्दुकको नाल२ थान, एअर गन १ थान,अटाे पिस्ताेल १ थान, पिस्ताेल को गोली ५ राउण्ड, एसएलआरको गोली २ राउण्ड, ३.३ राईफल ९ ३ नट ३ ० को गोली१ राउण्ड, एम 16 को गोली१ राउण्ड, अन्य हतियारको गोली२ राउण्ड, सर्टगनको खोकाथान २, पुरानो कट्टा पेस्तोलको पार्ट पुर्जाहरु, घोडा चाप तथा अन्य पार्ट पुर्जाहरु छन् ।

Advertisement

तपाईको प्रतिक्रिया