अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, १ डलर बराबर १ सय २० रुपैयाँ
समाधान संवाददाता
२०७६ चैत ७ गते १२:०६

नेपालको विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ।
यो हालसम्मकै उच्च मूल्य हो।
कोरोनाको संक्रमण विश्वभर फैलिएपछि अमेरिकी डलर बलियो बन्दै गएको छ। पछिल्लो समय डलरको मूल्य नेपालमा निरन्तर बढिरहेको छ।
विश्वबजारमै अमेरिकी डलर बलियो हुँदै गएका बेला नेपाली बजारमा चैत ४ गते डलरको खरिद दर ११९ रुपैयाँ १४ पैसा पुगेको थियो। फागुन ५ गते ११९ रुपैयाँ ९ पैसामा झरेको डलर बिहीबारदेखि बढ्न सुरु गरेर आज हालसम्मकै उच्च मूल्य कारोबार भइरहेको छ।
डलरको भाउ बढ्दा नेपालले आयात गर्ने सामान महंगो हुन्छ भने विदेशमा भएका नेपालीले पठाउने रेमिट्यान्स बढेर आउँछ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया