पर्यटक रोक्न होटल व्यवसायीको डेलिगेसन

समाधान संवाददाता २०७६ चैत ७ गते १३:५३

समाधान संवाददाता, जोमसोम

Advertisement

कोरोना भाइरसले विश्वलाई सताउँदा नेपाल अछुतो रहन नसक्ने मुस्ताङका होटल व्यवसायीले बताएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस प्रकोपको उच्च जोखिम रहेको जनाएपछि नेपाल सरकारले कोरोना रोकथामका लागि गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन उनीहरुले माग गरेका हुन् । मुस्ताङका होटलसँगै पर्यटन व्यवसायी र स्थानीयले कोरोना आतंक रोक्न जिल्ला प्रशासनमा डेलिगेसनसमेत गएका हुन् ।

पुथाङ एअरपोर्ट गाउँसमाजका मुखिया शेरबहादुर गुरुङले हवाई तथा सडकमार्ग हुँदै दैनिक २ देखि ३ सय पर्यटक मुस्ताङ भित्रिएकामा आफूहरु अचम्मित बनेको उल्लेख गरेका छन् । गुरुङले व्यवसाय भन्दा स्वास्थ्य ठूलो महशुस गर्दै पर्यटक आगमनमा बन्द गर्नु पर्ने निर्णयमा पुगेको बताए ।

उनीहरुले मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याललाई मुस्ताङ भित्रिने पर्यटकले जिल्लामा कोरोना प्रकोप फैलिन सक्ने भन्दै पर्यटक आवागमन बन्द गर्न अनुरोध गरेका हुन् । व्यवसायीहरुले कोरोना आतंक नहटेसम्म व्यवसाय बन्द गर्न खुसी भएको होटल ताजका संचालक योगेश शेरचनले बताए । उनले जिल्ला भित्रिने पर्यटककै कारण जिल्लाका आम नागरिक र होटल व्यवसायी असुरक्षित रहेको चिन्ता गरे । प्रजिअ अर्यालले व्यवसायीले उठाएको माग सम्बोधन गर्न सर्वदलिय बैठक बोलाएर आवश्यक निर्णय लिने सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया