बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

समाधान संवाददाता २०७६ चैत ९ गते १६:०६

एजेन्सी

बहराइनमा तीन जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

शनिबार बेलुकी परीक्षणको क्रममा नेपाली तीन नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । संक्रमित नेपालीलाई बहराइन सरकारले अस्पतालमा राखी उपचार गरेको र उनीहरुको परिचय गोप्य राखिएको पनि उनले बताए ।

Advertisement

त्यस्तै, कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् । उनीहरु काम गर्ने घरमा इरानबाट आएका एक जनालाई कोरोना पोजेटिभ देखिएपछि त्यो घरको सम्पूर्णलाई एक हप्तादेखि क्वारेन्टाइनमा राखिएको हो ।

बहराइन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाइ कोरोना संक्रमणको राम्रो उपचार व्यवस्था गरेको राजदूत सुन्दासले बताए । बहराइनमा कोरोना संक्रमण देखिएको जुन देशको नागरिक भए पनि उनीहरुलाई सरकारले देशमै राखि उपचार गरिरहेको पनि उनले बताए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

Advertisement

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया