कोरोना कोषलाई वसन्त चौधरीको १ करोड
समाधान संवाददाता
२०७६ चैत १० गते १२:०७

समाधान संवाददाता, काठमाडाैं
कोरोनाविरुद्ध लड्न सरकारले सोमबार कोरोना कोष स्थापना गरेकाे छ ।
उक्त काेषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।
सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन् ।
‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक/वसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ,’ चौधरीले सहयोग घोषणा गर्दै ट्विटरमा लेखेका छन् ।
५० करोडको कोष स्थापना गरेको सरकारले सहयाेग गर्न सबैमा आग्रह गरेको छ ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया