मृतकको संख्या १५ हजार नाध्यो, सन्चो हुने एक लाख तीन हजार बढी

समाधान संवाददाता २०७६ चैत १० गते १७:२९

समाधान सम्वाददाता

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भनिने कोभिड १९ भाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार मृतकको संख्या १५ हजार तीन सय १४ पुगेको छ र यो निरन्तर बढी रहेको छ ।

मृतकका संख्या बढ्दै गर्दा भाइरसलाई जितेर घर फर्कने मानिसको संख्या पनि एक लाख नाघेको छ । एजेन्सीहरुका अनुुसार अहिलेसम्म एक लाख तीन हजार २८ जना उपचार पछि घर फर्केका छन् ।

Advertisement

विश्वका एक सय ९२ देशमा फैलिएको यो भाइरबाट अहिलेसम्म तीन लाख ५१ हजार भन्दा बढी बढी संक्रमित भएका छन् । चिनमा नियन्त्रणमा आए पनि पछिल्लो समयमा युरोपियन देश र अमेरिकामा तिव्र गतिमा संक्रमित र मृतकको संख्या बढी रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया