भ्रामक प्रवचन दिने पास्चर पक्राउ, उनले यशुका अनुयायीलाई कोरोनाले छुनै सक्दैन भनेका थिए

समाधान संवाददाता २०७६ चैत ११ गते १०:२९

सुकुम्बासी बस्तीका बासिन्दालाई प्रवचन दिर्दै पास्चर केशवराज आचार्य


समाधान सम्वाददाता

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन ।

Advertisement

क्रिश्चियन धर्म फैलाउने कार्यमा लामो समय देखि संलग्न उनले कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्म कै प्रचार गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् र उनलाई विपदको बेलामा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै प्रवचन दिएका थिए । लामै प्रवचन दिएका आचार्यले भनेका छन–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन ।’

Advertisement

स्मरण रहोस, यति बेला क्रिश्चियन राष्ट्रहरु युरोप, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा फैलिरहेको छ र क्रिश्चियन धार्मिक अनुयायीहरु कै ठूलो संख्यामा ज्यान गैरहेको छ । यस्ता भ्रामक प्रवचनको विश्वास नगर्न र भिडभाडमा नजान एसपी कार्कीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया