पोखरामा ५० बाइकको चाबी नियन्त्रणमा
समाधान संवाददाता
२०७६ चैत ११ गते १२:३०

समाधान सम्वाददाता
कोभिड १९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै मोटरसाइकल चलाउँदै हिँडेका ५० जनाका सवारी धनीबाट कास्की प्रहरीले चाबी नियन्त्रणमा लिएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म त्यतिजनाको चाबी नियन्त्रित भएको हो ।
लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारी धनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनावश्यक काममा गुडेकाहरुलाई चाबी खोसेर पठाइएको पोखराभरिबाट ५० जना त्यस्ता व्यक्ति भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए । ‘थुप्रैलाई सम्झाइबुझाइ पठाएका छौं’, उनले भने, ‘स्वास्थ्यकर्मी वा बिरामी भए आउजाउ गर्न दिएका छौं ।’
सम्बन्धित






महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया