पोखरामा ५० बाइकको चाबी नियन्त्रणमा

समाधान संवाददाता २०७६ चैत ११ गते १२:३०

समाधान सम्वाददाता

कोभिड १९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै मोटरसाइकल चलाउँदै हिँडेका ५० जनाका सवारी धनीबाट कास्की प्रहरीले चाबी नियन्त्रणमा लिएको छ । मंगलबार मध्याह्न १२ बजेसम्म त्यतिजनाको चाबी नियन्त्रित भएको हो ।

लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारी धनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनावश्यक काममा गुडेकाहरुलाई चाबी खोसेर पठाइएको पोखराभरिबाट ५० जना त्यस्ता व्यक्ति भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए । ‘थुप्रैलाई सम्झाइबुझाइ पठाएका छौं’, उनले भने, ‘स्वास्थ्यकर्मी वा बिरामी भए आउजाउ गर्न दिएका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया