कास्की प्रशासनको आग्रह– खाद्यान्न, दुध र औषधी पसल दिनैभर खोल्नु, पसलमा भिडभाड नगर्नु

समाधान सम्वाददाता
कोरोना भाइरसको महामारीका पुरै देश लक डाउन घोषणा हुँदा आम सर्ब साधारण अन्यौलमा परेका छन् । सामाजिक सञ्जालबाट सडकमा हिड्नृ मान्छेलाई अपराध नै गरेको जसरी आरोप लगाईदा झनै अन्यौल बढेको छ ।
लक डाउन भनेको कफ्र्यू लागेको जस्तो होइन । सरकारले कोरोना भाइरस तिव्र गतिमा फैलनबाट रोक्नका लागि सम्भव भएसम्मका मानिसलाई घर भित्रै बस्न आग्रह गरेको हाे । आफु संक्रमणबाट बच्न र यदी संक्रमित भएको भए अरुलाई सार्नबाट बचाउन लक डाउन घोषणा गरिएको हो ।
लक डाउन घोषणा भए पछि अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुन्छन । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद अधिकारीले कास्की जिल्लामा लक डाउनको पहिलो दिन अपेक्षा गरिए अनुसार नै सफल भएको बताए । उनले पुरै लक डाउन घोषणा गरिए पनि अत्यावश्यक सेवा जस्तै खाद्यान्न पसल, दुध, फार्मेसी, पानी लगायतका व्यवसाय पूर्ववत ढंगले नै सञ्चालन आग्रह गरे ।
‘यी अत्यावश्यक सेवामा कुनै प्रतिबन्ध छैन, पूर्ववत तरिकाले नै सञ्चालन गर्न अनुरोध छ ।’ उनले समाधान अनलाईनसंग भने–‘तर आम उपभोक्ताले ध्यान दिनु होला, पसलमा भिडभाड नगर्नु होला, मानिस मानिसका बिच कम्तिमा एक मिटरको दुरी राख्नु होला ।’ उनले खाद्या सामाग्री अभाव हुन नदिइने तयारी प्रकाशनले गरेकाले नआत्तिन पनि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया