१ लाख ८ हजार निको हुँदा १९ हजारको मृत्यु सवा ४ लाख संक्रमित

समाधान संवाददाता २०७६ चैत १२ गते ६:२४

समाधान सम्वाददाता

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भनिने कोभिड १९ भाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार पुग्नै लागेको छ । पछिल्लो रिपोर्ट अनुसार मृतकको संख्या १८ हजार ८ सय ४८ पुगेको छ र यो निरन्तर बढी रहेको छ ।

मृतकका संख्या बढ्दै गर्दा भाइरसलाई जितेर घर फर्कने मानिसको संख्या पनि एक लाख ८ हजार ३११ नाघेको छ । एजेन्सीहरुका अनुुसार अहिलेसम्म विश्वका एक सय ९७ देशमा फैलिएको यो भाइरबाट ४ लाख २५ हजार संक्रमित भेटिएका छन् । चिनमा नियन्त्रणमा आए पनि पछिल्लो समयमा युरोपियन देश र अमेरिकामा तिव्र गतिमा संक्रमित र मृतकको संख्या बढी रहेको छ ।

Advertisement

इटली, अमेरिका र स्पेनमा यो रोग झनै तिब्र गतिमा बिस्तार भैरहेको छ । इटलीमा मृत्यु हुने र सन्चो भएर घर फर्कनेको संख्या उस्तै उस्तै छ । यो समाचार तयार पार्दा सम्म ६८२० जनाको मृत्यु भएको छ भने ८३२६जना उपचार पछि निको भएका छन् । त्यहाँ संक्रमितको संख्या ६९१७६ नाघेको छ ।

त्यस्तै स्पेनमा २९९१ जनाको मृत्यु भएको छ भने जना ३७९४उपचार पछि घर गएका छन् । स्पेनमा संक्रमितको संख्या ४२०५८ पुगेको छ । अमेरिकामा पनि तिव्र गतिमा संक्रमित बढेका छन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५३८३८ पुगेको छ भने ७०८ जनाले ज्यान गुमाएका छन् । ३४८ जना मात्र उपचारबाट निको भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया