नेकपा गण्डकी प्रमुख सचेतक मायानाथलाई मातृशोक,मुख्य मन्त्री गुरुङद्वारा शोक व्यक्त
समाधान संवाददाता
२०७६ चैत १२ गते १३:३४

समाधान संवाददाता
गण्डकी प्रदेश सभा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीलाई मातृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज समेत रहेका लमजुङ जिल्ला दोर्दी गाउँपालिका, वडा नं. १, भारते निवासी अधिकारीकी माता सानुमाया ९७ वर्षको उमेरमा चैत १२ गते बिहान काठमाडौमा निधन भएको हो ।
गण्डकी प्रदलेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखको घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथैसम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
यसैगरी नेकपा लमजुङ सचिव एव प्रदेश सभा सदस्य धनन्जय दवाडीले पनि विज्ञप्ति निकालेर शाेक व्यक्त गरेका छन् ।
सम्बन्धित







इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया