पाेखराकाे कोपिला नेपालले अनलाइनबाट मनोसामाजिक परामर्श दिने

समाधान सवाददाता
पाेखरा
कोरोना भाइरसको सन्त्रासले मानिसमा देखिन सक्ने मनोवैज्ञानिक असर न्यूनीकरण गर्न कोपिला नेपालले अनलाइन र फोनबाट मनोसामाजिक परामर्श दिने भएको छ । लामो समयदेखि हिंसापीडित महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कोपिला सन् २००७ देखि निरन्तर मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाले हाल देखिएको विषम परिस्थितिलाई ध्यानमा राखी अनलाइन र फोनबाट कोभिड –१९ बारे सेवा प्रदान गर्न लागेको कोपिलाका कार्यकारी निर्देशक विना सिलवालले बताउनुभयो । “यो असहज परिस्थिति हो, यसले कमजोर मनोबल हुने जो कोहीलाई असर पार्न सक्छ । मानिसले आफ्नो आत्मविश्वास गुमाउन सक्छन् । यस्तो बेलामा मनोवैज्ञानिक त्रास कम गरेर उनीहरुलाइ सहज अवस्थाका बारेमा बोध गराउन सक्नुपर्छ ।”
सिलवालले हालको परिस्थितिले व्यक्तिको दैनिकीमा नकारात्मक प्रभाव पार्नाका साथै बालबालिकामा लामो समय घरमा मात्रै बस्नुपर्दा असर पार्न सक्ने, एसइई परीक्षा स्थगन हुँदा विद्यार्थीमा मानसिक असर देखिन सक्ने तथा विदेशमा वा अन्य ठाउँमा रहनेहरुको मनोबल कमजोर हुन सक्ने बताउनुभयो । यस्तो अवस्थामा अधिकांशमा अत्यास लाग्ने, छट्पटी हुने, निद्रा वा खानामा मन नजाने वा अन्य यस्तै समस्या देखिन सक्ने उहाँको भनाइ छ ।
उहाँले २०७२ को भूकम्पका बेला प्रभावित क्षेत्रमा गएर मनोसामाजिक प्राथमिक स्वास्थ्य प्रदान गरिनाका साथै मानसिक स्वास्थ्योपचारमा समेत सहयोग गरिएको बताउनुभयो । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा काम गरिरहेको सो संस्थाले २०१३ देखि विभिन्न कारणबाट सडक जीवन जिउन बाध्य महिलाका लागि पोखरा– ६ र २८ मा महिला सुरक्षा घरसमेत सञ्चालन गर्दै आएको छ ।
अहिले घरघर र गाउँगाउँमा पुग्ने अवस्था नरहेकाले फोन, म्यासेन्जर, भाइवर लगायतबाट सहयोग गरिने सिलवालले बताउनुभयो । सेवा प्राप्त गर्नका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छः विना सिलवाल ९८०२८०२११४, मनोपरामर्शविज्ञ प्रेम भट्टराई ९८०२८०२१२८ र डा प्रतिष्ठा वाग्ले ९८४६१४७९१५









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया