भ्रममा नपर्नु क्रिश्चियन अनुयायी, इटलीमा मात्र ५० पादरकीको मृत्युु
एजेन्सी
पोखरामा पछिल्ला केही दिन एउटा भिडियो भाइरल बन्यो । पास्टर केशवराज आचार्यले केही अनुयायी जम्मा पारेर प्रबचन दिदै भनेका छन– प्रभु येशुका अनुयायीलाई कोरोनाले छुनै सक्दैन, वा मिल्दैन । उनलाई कास्की प्रहरीले पक्राउ गरेर थुनामा राखिसकेको छ ।
तर पनि धार्मिक अन्धभक्तहरुलाई प्रहरीले पक्राउ गरेपनि ती पास्टरले भनेको कुरामा विश्वास लाग्न सक्छ । तर कुरा त्यसो होइन । समाचार एजेन्सीहरुले दिएको समाचार अनुसार कोरोना भाइरस संक्रमण कै कारण इटलीमा मात्रै ५० जना क्रिश्चियन धर्म गुरु अर्थात पादरीको मृत्यु भएको छ । अन्य युरोपियन देशमा पनि यो भाइरसले पादरीहरुको ज्यान लिरहेको छ । भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म कम्तिमा ५० जना पादरीको निधन भएको इटलीका सरकारी अधिकारीले बताएका छन् ।
यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि रहेका छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।
तपाईको प्रतिक्रिया