पोखरामा १६ जना क्वारेन्टाइनमा, मालेपाटनमा राखियो

समाधान संवाददाता २०७६ चैत १३ गते १२:५४

समाधान संवाददाता

कोरोना भाइरस नियन्त्रणमा सजगता अपनाउने क्रममा विदेशबाट पोखराका आएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु बंगलादेशबाट नेपालको पूर्वी नाका इटहरी हुँदै पोखरा आएका हुन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबादुर कार्कीका अनुसार हिजो बुधबार पोखरा आएका उनीहरुलाई बुधबार साँझबाटै क्वारेन्टाइनमा राखिएको छ । पोखराको मालेपाटन स्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई १४ दिनसम्म त्यहा राखेर अनुगमन गरिनेछ । यदी कसैमा रुघा खोकी र ज्वरो देखिएमा आइसोलेशन वार्डमा सारिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया