फ्रान्सले विमान चाटर्ड गरेर पोखराबाट लग्यो ५९ नागरिक

समाधान संवाददाता २०७६ चैत १३ गते १६:१५

पोखरा विमानस्थलमा बुद्ध एअरको फाइल तस्विर

समाधान संवाददाता

पोखरा र आसपासमा रहेका आफ््ना ५९ जना नागरकलाई फ्रान्सले उद्धार गरेको छ । ती मध्ये कतिपय मुस्ताङ घुम्न गएका पर्यटक पनि छन् । नेपालभर एक हप्ताको लकडाउन घोषणा गरेपछि उनीहरु यतै फसेका थिए ।

Advertisement

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लक डाउन घोषणा गर्दै एक हप्ताका लागि जो जहाँ छन् त्यही आग्रह गरेको थियो । सोही कारण पोखरा र आसपासमा थुप्रै देशका नागरिक रहेका हुन सक्छन ।

कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले अन्य देशका दुताबासबाट अहिले सम्म आफ्ना नागरिक उद्धार गर्ने बारे केही खबर नगरेको बताए । तर मुस्ताङमा अलपत्र परेका पर्यटकहरुलाई गाडी रिजर्ब गरेर राजधानी पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया