६ लाख संक्रमित २७ हजार बढीको मृत्यु, अमेरिकामा लाख नाघे

समाधान संवाददाता २०७६ चैत १५ गते ७:१३

एजेन्सी

कोरोना महामारीको प्रपोक झनै फैलिदै गएको छ । अब यो महामारी विश्वका २०२ देशमा पुगिसकेको छ भने झण्डंं ६ लाखमा संक्रमण फैलिएको छ ।

यो समाचार तयार पार्दा सम्म ५ लाख ९७ हजार भन्दा ५७९ जना मानिस भाइरसको संक्रमण आएका छन् । ती मध्ये २७ हजार ३८० को ज्यान गैसकेको छ भने एक लाख ३५ हजार ६४५ जना सन्चो भएका छन् ।

Advertisement

पछिल्लो समयमा यो भाइरस सबै भन्दा दु्रत गतिमा अमेरिकामा फैलिरहेको छ । एजेन्सीहरुका अनुसार अहिलेसम्म अमेरिकामा झण्डै १ लाख ४ हजार ९७४ मानिसमा कोरोनाको संक्रमण देखिएको छ । यी मध्ये १ हजार ६९९ जनाको मृत्यु भएको छ भने ८७० जना सन्चो भएर घर फर्केका छन् ।

संक्रमितको संख्या अब चिन तेश्रोमा झरेको छ । इटलीमा संक्रमितको संख्या ८६ हजार नाघेको छ । इटलीमा मृतकको संख्या ९ हजार १३४ पुगेको छ । स्पेनमा करिब ६५ हजार संक्रमित हुँदा ५ हजार १३८ को ज्यान गएको छ । बेलायतमा करिब १४ हजार ७४५ संक्रमित हुँदा ७६९ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

जर्मनमा पनि यसको बिस्तार फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म ५३ हजार भन्दा धेरै मानिसमा संक्रमित छन भने ३७५ जनाको मृत्यु भएको छ । यद्यपी निको हुने दर उच्च छ । अहिलेसम्म ८ हजार ६५० निको भएर घर फर्केका छन् ।

फ्रान्समा ३३ हजार २८२ संmक्रमित हुँदा करिब २ को ज्यान गएको छ भने इरानमा ३२ हजार बढी संक्रमित मध्ये २ हजार ३७८ ले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया