आज वाइड बोडी चिन जाँदै, भोली मेडिकल सामान ल्याउने
समाधान संवाददाता
२०७६ चैत १५ गते ७:२८

समाधान संवाददाता
चिनले उपहार स्वरुपद दिन लागेको कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । यो जहाज भोली नेपाल फर्कनेछ ।
ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।
कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया