पर्यटको उद्धार गर्न आज श्री एअर पोखरा आउने

समाधान संवाददाता २०७६ चैत १५ गते ७:४६

समाधान संवाददाता

पोखरामा रहेका विभिन्न देशका पर्यटक लिन आज श्री एअर पोखरा आउदैछन । उसले पोखरामा रहेका विभिन्न देशका नागरिकलाई काठमाण्डौं लैजानेछ ।

विहीबार बुद्ध एअरले ५९ जनाको उद्धार गरेको थियो भने शुक्रबार यति एअर लाइन्सको जहाजबाट ५८ जनाको उद्धार गरिएको थियो ।

Advertisement

यसैबीच नेपाल एयरलाइन्सको ट्विनअटर विमानले लुक्लामा शनिबार ५ उडान गर्दैछ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न यो उडान हुन लागेको हो । दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ ।

लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ।

Advertisement

यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार नेपालगन्ज जाँदै छ ।

स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जाने छ । जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना मात्रै लिएर काठमाडौं फर्किने छ ।

तपाईको प्रतिक्रिया