बागलुङकी युवतीमा देखियाे काेराेना, संक्रमित ५ जना पुगे

समाधान संवाददाता २०७६ चैत १५ गते १६:३९

समाधान संवाददाता

नेपालमा थप १ जनामा काेराेना संक्रमण देखिएकाे छ । याे सँगै नेपालमा काेरानाका संक्रमित ५ जना पुगेका छन् । १ जना भने उपचारपछि घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार गरेकाे नियमित पत्रकार सम्मेलनमा काठमाडाै‌ं बाहिरकी १९ वर्षे युवतीमा संक्रमण भेटिएकाे जानकारी गराइएकाे हाे ।

बागलुङकी ती युवती २७ मार्चमा नेपाल आएकी हुन् । बेल्जियमबाट ती युवती नेपाल आएकी हुन् । हाल उनी बागलुङमै छन् ।

तपाईको प्रतिक्रिया