पोखरामा पहिलो कोरोनाको उपचार सरकारी अस्पतालमै

समाधान संवाददाता
अन्तत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै पोखराको पहिलो कोरोना भाइरस उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । यसअघि सुविधा न्यून भएका अस्पताललाई कोरोनाका बिरामी उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने प्रयास गरिएको थियो ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि उच्चस्तरीय समितिको काठमाण्डौंमा सम्पन्न बैठकले पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना उपचार अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको थियो । यो निर्णय नहुन्जेल त्यहाँ कार्यरत मेडिकल सुपरिटेन्डेन्ट, विकास समितिका अध्यक्ष, चिकित्सकहरु कोरोनाको उपचार अन्यत्रै गर्ने भन्दै आएका थिए ।
अब भने त्यहीको नयाँ भवनमा हाललाई १० वटा आइसियु सहितको बेड तत्काल तयार पारिदैछ । प्रदेश सरकारले गठन गरेको रोकना रोकथाम, नियन्त्रण तथा उपचार समन्वय समितिका संयोजक प्रदेश सरकारका अथमन्त्री किरण गुरुङका अनुसार अब पोखरामा आउने पहिलो कोरोना संक्रमितको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अर्थात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मै हुनेछ ।
त्यसपछि आवश्यकता अनुसार अन्य विकल्पहरु पनि तयार पारिने मन्त्री गुरुङले बताए । ‘पहिलो सरकारी अस्पताल प्रयोग गर्छौ, त्यसपछि नीजि अस्पताललाई पनि लिनु पर्ने हुन्छ ।’ उनले भने ।
तपाईको प्रतिक्रिया