कोरोना भाइरस प्राण हो आत्मसात गरौं

सुदर्शन प्रधान
कोभिड १९ पनि भन्छन् मलाई
डरले थुरथुर काप्दै मलाई घृणा गर्ने तिमीहरु
अब आफैलाई घृणा गर र आफूजस्तै सबैलाई पनि
जब मान्छेहरु बढ्रथे धर्तीमा धान्न गारो हुन्थ्यो मलाई
अनि म कोर्रा चलाउँथे
बिफर हैजा प्लेग भनेर नाम दिन्थ्यौ तिमीहरु
जुन प्रहारले ढल्थे हजार लाख करोड पनि
अरु धेरै करोडका लागि जिउने पृष्ठभूमिका लागि
हुन्थ्यो मेरो बाध्यता मेरो जिम्मेवारी ।
एडवर्ड जोनरले पत्ता लगाए भ्याक्सिन बिफरबाट मुक्ति पाउन
मान्छेहरु बढे धेरै धेरै धर्तीको छेउकुनासम्म
तर पनि तिमीहरु नाम लिन्छौ र धर्तीमा सजाउछौ
युद्ध पिपासु नेपोलियनलाई
बिर्सियौ सबैले एडवर्ड जोनरलाई
आज ८ अर्ब पुुग्न लाग्यो मान्छेहरु
म कति भार बोक्न सक्छु र तिमीहरु ?
नर जीवनलाई बचाउन र जोगाउन
मैले समीकरण मिलाउनै पर्छ
त्यसैले दुख नमान मनुवाहरु
धर्तीमाताको तर्फबाट छडी चलाइयो भनेर
थाहा छ मलाई तिमीहरुले यो कोरोना भाइरसविरुद्ध पनि
भ्याक्सिन पत्ता लगाउछांैं वा यस्तै अरु पनि
तर ख्याल गर हजार गुणाको शक्ति लिएर
सन्तुलन मिलाउन आइरहने छु बारम्बार ।
तिम्रा डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन, सि जिङपिङका आणविक क्षेप्यास्त्रहरु
नरेन्द्र मोदीका हिन्दु क्षेप्यास्त्र, अल कायदा तालिवान लगायत इरानका मुस्लिम क्षेप्यास्त्रहरु
दलाइ लामाका बौद्धिक क्षेप्यास्त्र, इजरायलका यहुदी क्षेप्यास्त्रहरु
भेटिकन सिटीका क्रिस्चियन क्षेप्यास्त्रहरु
अन्तत मानव हिंसा बढाउने रगतको नदी र आंशुका तालहरु सिर्जाउनेहरुलाई
निस्क्रिय विघटन र विनाश गर्ने
सामानिक बैज्ञानिकहरु खोजिरहेछु म ।
यतिखेर मानव संसारको पृथ्वी डगमगी रहेछ
यो कोरोना भाइरसबाट तुरुन्त बच्न सक्छौ ?
प्रकृतिमाथि घोडा चढी मनपर्दि गर्ने तिमीहरु
नेपथ्यबाट परीक्षा लिइरहेछु
अव कसरी बच्ने उपाय पनि बताउछु है मनुवाहरु
प्रकृतिक अर्गानिक खानाहरु खाऊ प्याकिङ कुनै पनि हैन
स्वतन्त्र जीवजन्तु पंक्षी र जलचर हरु नखाऊ तर पालेको चाहिँ हसुर
कपडा जुत्ता सुटकेस र मोजा र बेल्टहरु अत्यावश्यक मात्र लगाउ टौवा मmै नथुपार
विद्युतीय सार्वजनिक गाडीहरु मात्र प्रयोग गर निजी त राख्दै नराख
अरु पेट्रोलियमबाट चलेको त नामै नलेऊ
कागजहरु सीमित मात्र प्रयोग गर
आज मmैं पत्रिकाहरु पाठ्यपुस्तक कापी र पुस्तकहरुका बाढीहरु तुरुन्त रोक
उच्च प्रयोग हने इन्धन रसायन र रङहरु
चुरा पोते र गरगहनाहरु ल्गाउर्द नलगाऊ
धर्तीदंोही संस्कृतिहरु सवैलाई मशानघाटमा लगेर सेलाऊ
काठपात ढुंगा माटोले बनेका खर खडाइले छाएका घरहरुमा बस
इटा ढुगा वालुवा सिमेन्ट र रडहरु त नदिका पुल बांध कुलोहरुमा मात्र प्रयोग गर
सोच त तिमीहरु कस्ता छौ ?
क्ेही नहुनेलाई एउटा साधारण घर चाहियो
गाउँमा हुनेलाई शहरमा पनि चाहियो तीनतले हुनेलाई पांचतले, पाँचतले हुनेलाई अर्को पनि चाहियो
हुँदा हुँदा चारवटा भवन हुनेलाई अमेरिका युरोपमा पनि चाहियो
कपडा फर्निचर जुत्ता चप्पल गाडी भएदेखि महिनै पिच्छे नभए पनि वर्ष दिनमा फेर्नै प¥यो
ओहो ! म कति भार बोक्न सक्छु, मनुवाहरु ?
जलमण्डल भूमण्डल वायुमण्डल सवै विथोलिनेगरी
मेरो छातीमा बुर्कसी मार्छौ तिमीहरु
हेर त मेरो बक्षस्थलको वनजंगलको कथा गाथा
त्यही वन रसाएर आएको पानी पीउछौ,सिचाइ गछौ खेतबारीहरुमा
जंगलकै काठपातहरुले घर गोठ बनाउछौ
वनको कन्दमुल फलफुल र जडीबुटीहरु निकाल्छौ र हसुर्छौ
घांसपात काट्छौ गाई डिंगा चराउछौ अझ सिकार पनि खेल्छौ
सर्वोपरी त त्यही वनका हरेक बृक्ष बोटबिरुवाहरुले छोड्रने प्राणवाय अक्जिन
छिन छिनमा लिएर बाँचिरह्छौ
ओजनतको रक्षाकवचले अस्तित्व धानिरहेछौ
अमm त्यतीले पुगेन भनेर उही जंगलमा गइ डढेलो मmोस्छौ
त्यस्तो बेला तिमीहरु तास खेलेर बस्छौ रक्सी पिएर मातिन्छौ फाटो खिच्न अघि सर्छौ
निभाउन जागर कसैले देखाउदैनौ
धन्य दुइ खुट्टे पशुहरु किन बाचिरहेछौ ?
यहांको बागमती र बिष्णुमती नै हेरन अरु तेत्तीसवटा किन र ?
सुन्दरीजल र सिवपुरी जंगल घांचमा स्वच्छ पानी दिएको छ
तर तिनीहरु ज्ति तिम्रा बस्तीहरु नजीक पुग्छन मेरो हत्या गर्छौ तिमीहरु
पशुपति र बालाजु पुल मुनि गएर हेर एक गीलास पानी पिएर जांच त्यही तिमी ढल्नेछौ
तिम्रो मृत्य भनेको मेरो पनि मृत्य हो, तिम्रो कर्मले
थप्रै जलचरहरुका मृत्यु भइसके अव कसरी पुनर जन्म दिने गहिरिएर सोच
म त महामाता भएर मात्र जिइरहेछ, कर्तव्य निर्वाह गरिरहेछ
अब के गर्ने त तिम्रो प्रश्न हुन सक्छ
मेचीकाली सबै फर्क आआफ्नो गाउघरमा
अर्गानीक अन्न, तरकारी फलफूल फलाऊ, पशुपंक्षी फर्महरु खोल
अमृत खाऊ दुनियालाई अमृत खुवाउ यो नै महान धर्म हो
हैन धर्म मुर्ति र छापाका भगवानहरु पुजेर
राज्य र बैंकहरुलाई गुहार
फल पाकेपछि कर्मचारीहरुलाइ ट्रक र दाम लिएर आउ भनेर बोलाउ
मान्दैन भने ती सबैलाई तह लगाउ, डोरीले बांधेर लडाउ कुनै पनि मूल्य चुकाएर
अनि राज्य बैंक र ट्रकहरु आफै हाँक
हिम्मत गर संसारमा जित्न नसकिने कुनै रत्न नै छैन
बाँंकी तिमी झु भ्रष्टाचारी अत्याचारी हुन भएन
स्कुल कलेज अस्पताल जग्गा जमीनहरु राज्यको बनाऊ
बहिर पनि गतिला कलेज अस्पतालहरु खुलाउ
काठमाडांै खाल्टोका आधा मान्छेहरु घट्ने छन्
फोहरमैला पुन प्रयोग मल र इन्धन बनाऊ
मल मुत्रहरु पनि इन्धन र मल बलाऊ
खेला नदीहरुले पुनर्जन्म पाउनेछ
मेरा सन्तानहरु सबै फेरी बौरीनेछन, माछा
गंगटा सर्प भ्यागुता र कछुवाहारु
यो विश्वकै पर्यटन केन्द्र बन्नेछन
अरु केन्द्रहरु बन्न दिनहन्न जुन आज छन
बरु राजधानी अन्तै सार, मस्र्याङदी नदी किनार च्याङली
यसरी धर्ती भरीका हजार परपीडाका सर्तहरु पुरा गरेर म
म स्वस्थ हनेछ तब तिमीहरु पनि स्वस्थ बन्नेछौ
तर तिमीहरुका भनौ मान्छेहरुका निहित स्वार्थहरुले
अमm यसो भनौ तिमीहरुका राष्ट्रिय, धार्मिक, जातिय, रंगीय, क्षेत्रीय साम्प्रदायिक स्वार्थको लागि
सिंगो मानव जातिलाई बिग्रहको भुमरीमा पारेर हुडल्छौ भने
तिनलाइ पर्यावरण दर्शनले भेदन गर्ने क्षेप्यास्त्रहरु छोड्ने छ
नपत्याए अवको क्रान्ति पर्यावरणीय क्रान्ति (पुस्तक) हेर्ने चेष्टा गर
मलाइ चौतर्फी स्वच्छ र शान्ति देउ बदलामा हजार गुणा शुख शान्ति पाउनेछौ
मेरा परपिडाहरु बज्ने चेष्टा गर्दैनौ भने
हजार गुणा दुख पीडा थप्नेछौ मेरा अंगहरुमा
जवाफमा हजार लाख गुणा जवाफ फर्काउन बाध्य हुनेछु
यो कोभिड १९ एउटा साधारण मात्र हो
जल जमीन र आकाश भरी
आगाका ज्वालाहरु लिएर तिमीहरुलाइ छोप्न आउने छु
नपत्याए पर्यावरणविदहरुसंग सोध
अम्लबर्षा, पराबैजनिक किरण,
हरितगृह प्रभावहरु भनेको के हो भनेर
तिमीहरु नभएर मलाइ केही हुन्न
मेरा अरु हजार लाख वन्यजीवजन्तु पंक्षी जलचर र वनस्पतिहरुका
सन्तान दरसन्तानहरु छन
तर म नभए तिमीहरु कोही हुन्नौ, दुई मिनेट बांच्न सक्दैनौ
त्यसैले बुझ्याै भने
यो कोरोना भाइरस प्राण हो आत्मसम्मान गर ।
२०७६ चैत १३, तनहु बन्दीपुर
तपाईको प्रतिक्रिया