आफ्नै घरमा बसेकी छन बाग्लुङकी संक्रमित युवती

समाधान संवाददाता २०७६ चैत १५ गते १८:०१


समाधान संवाददाता

गण्डकी प्रदेशमा पहिलो कोरोना भाइरस संक्रमित फेला परेको छ । उनी कोरोना संक्रमित भएपनि आफ्नै घरमा बसेकी छन् । यसको पुष्टी बाग्लुङ नगर पालिकाका मेयर जनकराज पौडेलले गरेका छन् ।

बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनी बाग्लुङ नगरपालिकाकै वासिन्दा हुन्।

Advertisement

चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी १९ वर्षीया ती युवती काठमाण्डौंबााट यति एअर लाइन चढेर पोखरा आएकी थिइन । श्रोतले दिएको जानकारी अनुसार १२ बजेको यति एअर लाइनको ६७९ उडानबाट पोखरा विमानस्थलमा झरेर बाग्लुङ गएकी थिइन । श्रोतले बताए अनुसार उनी १२ बी सिटमा बसेकी थिइन भने उनको साथमा भाइ र बाबु थिए । घर गएको ३ दिनपछि उनलाई ज्वरो आएको थियो।

बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन्। तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिएका थिए ।

Advertisement

‘उहाँ आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो। हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ मेयर पौडेलले यसै भनेको सेतो पाटीले उल्लेख गरेको छ ।

‘अब धौलागिरि अस्पतालमा राख्ने कि पोखरा वा काठमाडौं लैजाने हामी सल्लाह गर्दैछौं,’ मेयर पौडेलले भनेका छन् ।

तपाईको प्रतिक्रिया