कोरोना विरुद्ध गण्डकी सरकार–सबै जिल्ला अस्पताललाई १० लाख नगद सहित ५ थान पिपिई प्रदान

समाधान संवाददाता
कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेको गण्डकी सरकारले थोरै साधान र श्रोत उपलब्ध भए पनि प्रभावकारी ढंगले प्रयोग गर्ने रणनीति लिएको छ । उसले सबै जिल्ला अस्पताललाई कोरोनाका विरुद्धको लडाईमा तयार रहन निर्देशन दिदैं तत्कालका लागि केही पिपिई सामाग्री र नगद प्रदान गरेको छ ।
गण्डकी प्रदेशको कोराना रोकनाथ, नियन्त्रण र उपचार समन्वय समितिका संयोजक एवं प्रदेश सरकारका आर्थिक मन्त्री किरण गुरुङले बताए अनुसार तत्कालका लागि प्रत्येक जिल्ला अस्पतालमा ५–५ थान पिपिई र १० लाख नगद पठाइएको छ । पिपिई भनेको विरामीको उपचार गर्न खटिने स्वास्थ्यकर्मीले लगाउने सुरक्षित पोशाक हो ।
‘अहिले देशै भर पिपिईको अभाव छ, त्यसैले सबै जिल्लामा ५–्५ थानका दरले पठाएका छौं । चिनबाट आउना साथ थप पठाउछौं ।’ संयोजक गुरुङले भने–प्रारम्भिक तयारीका लागि सबै जिल्ला अस्पताललाई १०–१० नगद पनि उपलब्ध गराएका छौं ।
प्रदेशमा कोरोना विरुद्धको लडाईमा पैसाको अभाव हुन नदिने गरी तयारी गरिएको पनि उनलले बताए । यसका लागि मन्त्री परिषदको बैठकले कोष स्थापना गरेको छ । सो कोष सञ्चालक समितिको संयोजक गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई तोकेको छ ।
प्रदेश सरकारले सबै जिल्ला अस्पताललाई कोरोना भाइरसका विरामीको उपचार गर्ने अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अनुसार तयारी थाल्न निर्देशन दिईसकेको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया