मुस्ताङ प्रवेश गर्न खोज्ने ७ युवा क्वारेन्टाईनमा

समाधान संवाददाता २०७६ चैत १६ गते १२:१३

एसके थकाली

जोमसोम–पोखरा देखि म्याग्दी हुँदै आईतबार बिहान मुस्ताङ प्रवेश गर्न खोजेका ७ जना यात्रुलाई घासा प्रहरी चौकीले क्वारेन्टाईमा राखेको छ । म्याग्दी र मुस्ताङको प्रबेशद्धारा घासामा थासाङ गाउपालिकाले जनता आधारभुत विद्यालयमा व्यवस्था गरेको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेको प्रहरी चौकी घासाका ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले अन्नपूर्ण अनलाईनलाईनलाई जानकारी दिए ।

सरकारले (कोििभड–१९) कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण समितिले मुलुकभर लकडाउन गरेसंगै लक डाउनको पाचौ दिन मुस्ताङमा पहिलो पटक यात्रुलाई क्वारेन्टाईनमा राखिएको जनाइएको छ। यसअघि उपल्लो मुस्ताङ जाने मालवाहक ट्रक चढेर आएका ५ युवासहित ट्रकका चालक र सहचालक सबैलाई क्वारेन्टाईनमा राखिएको थासाङ–३ का वडाअध्यक्ष बिशाल शेरचनले जानकारी दिए । उनका अनुसार पोखरा देखि मुस्ताङका उक्त ट्रकका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सुरक्षाकर्मी ,जनप्रतिनिधि र स्थानीयबिच वार्तासंम्वाद भएको थियो ।

Advertisement

सरोकारवालाले कोरोना संक्रमण भयावह बिद्यमान अवस्थाका बारेमा सम्झाई बुझाई गरेपछि उनीहरु क्वारेन्टाईनमा बस्न राजी भएको वडाअध्यक्ष शेरचनले उल्लेख गरे ।

यस्तै शनिबार पोखरा देखि मुस्ताङ आउन खोजेका उपल्लो मुस्ताङका ७५ जना यात्रुलाइ पर्वतको डिमुवा प्रहरी चेकपोष्टबाट फिर्ता पठाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । उनले अहिले कोरोना भाईरसको जटिल अवस्था र मुलुक लकडाउन भईसकेकाले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि म्याग्दी र मुस्तााङको सीमानाका ठप्प पारिएको बताए ।

Advertisement

सरकारले मुलुक लकडाउन गरेसंगै मुस्ताङमा पनि संम्भावित कोरोनाको आर्तक सृजना भएको हो ।लक डाउन आचार सहिंता कार्यान्वयन गर्न स्थानीय प्रशासनले हुलहुज्जत गर्न ,घर बाहिर निस्कन नदिने ,माईकिङ गर्ने लगायतका कार्य गरेको छ । मुस्ताङका ५ वटै पालिकाले देश विदेशबाट मुस्ताङ प्रबेश गर्नेलाई १४ दिन क्वारेन्टाईनमा राख्न समेत व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया