कोरोना भाइरसको परिक्षण पोखरामै हुने, पिसिआर मेशिन सहित प्राविधिक टोली सोमबार पोखरा आउदै

समाधान संवाददाता, पोखरा ।
संघीय सरकारले गण्डकी प्रदेशमा कोरोना भाइरस परिक्षण गर्ने ल्याब स्थापना गर्ने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सो ल्याब स्थापना हुँदैछ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद विन्दुले सोमबार पिसिआर मेशिन सहित प्राविधिक टोली पोखरा आउने समाधान अनलाइनलाई जानकारी दिए । गण्डकी प्रदेश सरकारको मागलाई सम्बोधन गर्दै संघीय सरकारले पिसिआर मेशिन र प्राविधिक पठाउन थालेको हो ।
पुरानो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान) मा सो ल्याब सञ्चालन हुनेछ । मेशिन सहित कोरोना संक्रमण परिक्षण गर्ने किट पनि सोमबार नै आउदैछ । ‘सो ल्याब स्थापना भएपछि परिक्षणका लागि नमुना काठमाण्डौं पठाउनु पर्ने छैन ।’ निर्देशक विनोद विन्दुले भने–‘अब प्रदेशभरको नमुना पोखरामै परिक्षण हुनेछ ।’
प्राविधिक रुपममा कुनै समस्या नआएमा सोमबार देखि नै पोखरा मै परिक्षण गरिने पनि उनले जानकारी दिए । ल्याब टेक्निशियनका लागि आवश्यक पिपिइ सामाग्री पनि सोमबार नै आउदै छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया