कोरोना भाइरसको परिक्षण पोखरामै हुने, पिसिआर मेशिन सहित प्राविधिक टोली सोमबार पोखरा आउदै

समाधान संवाददाता, पोखरा ।
संघीय सरकारले गण्डकी प्रदेशमा कोरोना भाइरस परिक्षण गर्ने ल्याब स्थापना गर्ने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सो ल्याब स्थापना हुँदैछ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद विन्दुले सोमबार पिसिआर मेशिन सहित प्राविधिक टोली पोखरा आउने समाधान अनलाइनलाई जानकारी दिए । गण्डकी प्रदेश सरकारको मागलाई सम्बोधन गर्दै संघीय सरकारले पिसिआर मेशिन र प्राविधिक पठाउन थालेको हो ।
पुरानो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान) मा सो ल्याब सञ्चालन हुनेछ । मेशिन सहित कोरोना संक्रमण परिक्षण गर्ने किट पनि सोमबार नै आउदैछ । ‘सो ल्याब स्थापना भएपछि परिक्षणका लागि नमुना काठमाण्डौं पठाउनु पर्ने छैन ।’ निर्देशक विनोद विन्दुले भने–‘अब प्रदेशभरको नमुना पोखरामै परिक्षण हुनेछ ।’
प्राविधिक रुपममा कुनै समस्या नआएमा सोमबार देखि नै पोखरा मै परिक्षण गरिने पनि उनले जानकारी दिए । ल्याब टेक्निशियनका लागि आवश्यक पिपिइ सामाग्री पनि सोमबार नै आउदै छ ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया