३४ हजारको मृत्यु, ७ लाख २१ हजार संक्रमित, भारतमा हजार नाध्यो

समाधान संवाददाता २०७६ चैत १७ गते ७:१५

समाधान संवाददाता

Advertisement

विश्वब्यापी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या बढदै गएको छ । विश्वका नामी बैज्ञानिक तथा मेडिकल अनुसन्धानदाताहरु कोरोना भाइरस विरुद्धको औषधी पत्ता लगाउन जुटिरहेको बेलामा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा यो चुनौति झनै जटिल बनेको छ ।

यो समाचार तयार पार्दासम्म ३३ हजार ९८० जनाले ज्यान गुमाएका छन भने लाखौं जना अस्पतालमा भर्ना छन् । ७ लाख २१ हजार भन्दा बढी संक्रमित पाइएको अहिलेसम्मको अवस्थामा १ लाख ५८ हजार सन्चो भएका छन् । यो भाइरस विश्वका २०२ देशमा फैलिसकेको छ ।

पछिल्लो समय, युरोपियन देश र अमेरिकामा डरलाग्दो गरी फैलिएको भाइरसको सिकंजाबाट चिन भने मुक्ती पाउने अवस्थामा पुगेको छ । अमेरिकामा एक लाख ४२ हजार भन्दा बढी संक्रमित हुँदा २ हजार ४७५ जनाको मृत्यु भएको छ । ४ हजार ४३५ सन्चो भएका छन् भने बाँकी सबै उपचारार्थ भर्ना छन् । अमेरिकाको न्यूयोर्क सिटी सबै भन्दा बढी प्रभावित छ । न्यूयोर्कमा मात्र एक हजारको संख्यामा मृत्यु भएको छ ।

इटलीमा पनि भइरस फैलनबाट रोकिने र मृतकको संख्या खट्ने लक्षण देखिएको छैन । त्यहाँ पनि झण्डै एक लाख संक्रमित हुँदा १० हजार ७७९ जनाको ज्यान गैसकेको छ भने १३ हजार भन्दा बढी सन्चो भएका छन् ।

Advertisement

सक्रमितको संख्यामा अर्को युरोपियन राष्ट्र स्पेनले चिनलाई उछिन्दैछ । स्पेनमा ८० संक्रमित पुगिसकेका छन् भने करिब ७ हजार जनाको मृत्यु भएको छ । यहाँ १४ जना सन्चो भएका छन् । चिनमा ८१ हजार ४५८ संक्रमित हुँदा ३ हजार ३०० को मृत्यु भएको छ ।

जर्मन र फ्रान्समा पनि संक्रमितको मृतको संख्या बढेको बढ्यै छ । जर्मनमा झण्डै ६३ हजार संक्रमित हुँदा ५४४ जनाको मृत्यु भएको छ । यहाँ १६ हजार भन्दा बढी सन्चो भएका छन । त्यस्तै फ्रान्मा ४० हजार बढी संक्रमित हुँदा २६ सय बढीको ज्यान गएको छ । अन्य युरोपियन देशमाा पनि भाइरसको संक्रमण फैलिदो क्रममा छ ।

एशियाली देश इरानमा ३० हजार बढी संक्रमित छन् भने २६ बढीको मृत्यु भएको छ भने बेलायतमा करिब १५ हजार संक्रमित मध्ये १ हजार २३५ को मृत्यु भएको छ ।

नेपालको छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या हजार नाघेको छ । भारतीय संचार माध्यमका अनुसार कोरोनाबाट भारतमा २७ जनाको ज्यान गएको छ भने एक हजार २४ जना संक्रमित फेला परेका छन् ।

तपाईको प्रतिक्रिया