पोखरा महानगरले ज्यालादारी र विपन्नलाई निशुल्क खाना खुवाउने

समाधान संवाददाता
लक डाउनका काम गर्न नपाएका पोखराका दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायका मान्छेलाई पोखरा महानगर पालिकाले निशुल्क खाना खुवाउने भएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले भोली अर्थात १८ गतेसम्म आफ्नो वडामा रहेका दैनिक ज्यालादारी र विपन्न समुदायका मानिसको सुची पठाउन सबै वडाध्यक्षहरुलाई सूचना जारी गरेका छन् ।
मेयर जिसीले खानै नपुग्ने विपन्न वर्गको चुलो बाल्ने दायित्व स्थानीय सरकारको हो भन्दै महानगर पालिका तयारीमा जुटेको बताएका छन् ।

‘यो संकटको समयमा अति विपन्न, असहाय, दैनिक ज्यालादारी विपन्न मजदुरको चुलो बाल्ने कर्तब्य स्थानीय सरकारको हो ।’ मेयर जिसीले वडा अध्यक्षहरुलाई लेखेको पत्रमा भनिएको छ–‘१८ गते भित्रै त्यस्ता व्यक्ती र परिवारको सुची पठाउनु होला, हामी तयारीमा जुटेका छौं ।’
मेयर जिसीले चुलो बाल्नै नसक्ने अवस्थाका विपन्नलाई खाद्यान्न वितरण गरिने बताए । ‘चामल, दाल, तेल र नुन दिने हो ।’ जिसीले समाधानन्युजसंग भने–‘कम्तिमा हातभुख जोर्नबाट बञ्चित हुनु नपरोस भन्ने हाम्रो ध्येय हो ।’ उनले जसो तसो गर्जो टारी रहेकाहरुलाई राहत नमाग्न पनि आग्रह गरेका छन । कोरोना भाइरसले ल्याएको संकटका विरुद्धमा सबै लड्नु पर्ने अवस्था सृजना भएकाले सहयोगका लागि अपिल गरेका छन् ।
घरमा अन्न नै नभएको परिवार खाना खोज्नका लागि बाहिर निस्कन नपरोस भनेर खाद्यान्न बाड्न थालिएको भन्दै महानगर प्रमुख जिसीले सरकारले घोषणा गरेको लक डाउन अवधिभर घर भित्रै बस्न नगरबासीलाई आग्रह गरेका छन् ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया