बागलुङमा होम क्वारेन्टाइनमा बस्न घर–घरमा पत्राचार

गलकाेट
कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमा हुन नदिन बागलुङ जिल्लामा थप सजगता अपनाउन थालिएको छ । हालसम्म पुष्टि भएका सो भाइरसका पाँच जना सङ्क्रमित मध्ये एक युवती जिल्लाको भएसँगै बागलुङ नगरपालिकाले वडा वडामा थप सजगता अपनाउन थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ । वडा नं ८ सिगानाको कार्यालयले आफ्नो वडा भित्र विदेशबाट आएका १३ जनालाई पत्रचार गरेर घरमै सुरक्षित रुपमा ‘होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।
विदेशबाट आएकाको तथ्याङ्क सङकलन गरी वडा सदस्य मार्फत घर–घरमै पत्र पठाइएको वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । “ विदेशबाट आएकालाई पत्रपठाएर घरमै होम क्वारेन्टाइनमा बस्न भनिएको छ,” उहाँले भन्नुभयो “सबै नागरिकलाई पत्राचार, माइकिङ गरेर घरमै बस्न भनिएको छ ।” सचेतना समन्वय समितिका अनुसार नगरपालिकाले गरेको निर्देशन तथा सर्तकता अनिवार्य पालना गर्नका लागि आम नागरिकलाई आग्रह गरिएको छ ।
विभिन्न देशबाट यहाँ सबै जनालाई पत्रचार गरिएको हो । पत्रको अवेज्ञा गरेमा घरमै सुरक्षाकर्मीसहितको टोली परिचालन गरिने समेत बताइएको छ । नगरभित्र लकडाउनको समयमा जुवाँ तास , क्यारेमबोड, भलिवल, फूटवल खेल्ने जस्ता कार्य, बैठक तथा सामुहिक पूजाआजा नर्गन निर्देशन भइसेकेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । कोरोनो भाइरसको सम्भावित जोखिम हुन नदिन सबैजना घरमै बस्नुपर्छ उहाँले भन्नुभयो । रासस









सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया