कास्कीकाे अन्नपूर्ण गापाले बाँढ्याे पिपिइ

समाधान संवाददाता
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ १७ वटा पिपिइ वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणको उपचारका लागि पोखराबाट दुई र काठमाडौँबाट १५ वटा पिपिइ ल्याइएको जानकारी दिँदै उहाँले नाउँडाडास्थित स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल लुम्लेलाई एक÷एक वटा पिपिइ वितरण गरिएको बताउनुभयो । आज सबै पिपिइ वितरण गरिसक्ने बताउँदै अध्यक्ष कुँवरले कोरोना सङ्क्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा हालै विदेशबाट आएका २६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको वडा नं १ स्थित हिमालय देउराली होटेल, २ स्थित माछापुच्छ«े मावि, ३ स्थित लुम्ले कृषि केन्द्र, ४ स्थित प्रगतिशील मावि, ६ स्थित सङ्गम मावि, ८ स्थित बीरेठाँटी मावि र १० स्थित मेश्रम बराह माविमा क्वारेन्टाइन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । रासस–––








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया