हेलिकोप्टर व्यवस्थापन गर्न नसक्दा पिसिआर मेशिन पोखरा आएन

समाधान संवाददाता २०७६ चैत १७ गते १७:२०

समाधान संवाददाता

Advertisement

गण्ढकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दुले आइतबार राती समाधानन्युजसंग भनेका थिए–सोमबार कोरोना भाइरस परिक्षण गर्ने पिसिआर मेशिन आउछ र पोखराबाटै परिक्षण सुरु हुन्छ ।

काठमाण्डौंमा ल्याव विज्ञहरु रातभर खटिएर पिसिआर मेशिन परिक्षण गरे र पोखरा ल्याउनका लागि ठिक पारे पनि । तर साधन अभावका कारण उनीहरु पोखरा आउन सकेनन् । विज्ञ टोली मेशिन र किट सहित तयार हुँदा पनि उनीहरुले पोखरा आउने साधन पाएनन् ।

‘हेलिकोप्टर आउछ भन्दै दिनभर बसियो ।’ पोखरा आउन तयार भएका मध्ये एक जनाले टेलिफोनमा भने–घरी संघीय सरकारले हेलिकप्टर पढाउछ भनियो, घरी प्रदेश सरकारले व्यवस्थापन गर्दैछ भनियो, तर कतैबाट आएन ।’ उनले भोली अर्थात मंगलबार साधन व्यवस्थापन गरिएमा चाडै नै सामान सहित पोखरा आउने र ल्याब स्थापना गर्ने बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया