कोरोनाको डरका कारण फर्कन मानेन २६ जना पर्यटक

समाधान संवाददाता २०७६ चैत १७ गते १८:३४

एसके थकाली, समाधान
जोमसोम

पछिल्लो सयम विश्वलाईनै आतंकित तुल्याएको डरलाग्दो माहामारीका रुपमा फैलिएको रोग नोवल कोरोना कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै केही पर्यटकले मुस्ताङमै बस्न रुचाएको पाईएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका अनुसार मुस्ताङमा २६ जना पर्यटकले जिल्ला छाड्न नचाहेको जनाएको छ ।

एक्याप जोमसोमले सोमबार अन्नपूर्ण अनलाईनलाई दिएको तथ्याङ्क अनुसार विभिन्न १४ देशका २६ जना तेश्रो मुलुकका पर्यटकले जिल्ला नछाडेको बताएको छ । एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालका अनुसार मुस्ताङमा बसेका बसेका विदेशी पर्यटकमा १७ जना पुरुष र ९ जना महिला छन् ।

Advertisement

मुस्ताङको छेङ्गुरमा ५ जना ,झारकोटमा २ जना ,जोमसोममा ४ जना ,टुकुचेमा ३ जना ,लेतेमा ९ जना र घासामा ३ जना पर्यटक छन् । उनीहरुलाई स्थानीय प्रशासन ,एक्याप र प्रहरीको सहयोगमा खोजतलास गर्दै उक्त स्थानमा सुरक्षित रहेको कार्यालय प्रमुख दाहालले उल्लेख गरे । झारकोटमा रहेका ५ जना पर्यटकले योगअभ्यास गरेर बसेको उनले बताए ।

अहिले नेपालमा भन्दा तश्रो मुलुकमा कोरोना संक्रमण बढी देखिएका आफुहरु नेपालमा सुरक्षित रहन चाहेको उक्त पर्यटकले स्थानीय प्रशासन र एक्यापलाई जानकारी गराएका छन् । यता स्थानीय प्रशासनले दुतावासले पहल गरे उनीहरुलाई तुरुन्तै संम्वन्धित स्थानमा पठाईने जनाएको छ । तर मुस्ताङ बसेका कुनैपनि पर्यटक दुतावासको संम्पर्कमा आउन नचाहेको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । तर ,सोमबार जर्मनी पर्यटक ड्रिस्टन एनसे मोलर्स स्थानीय प्रशासन आएर आफुलाई उद्दार गर्न अनुरोध गरेपनि उनले दुताबास संग समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले लकडाउन अवधिमा दुताबासको समन्वय गरेर फर्किन चाहे कसैलाई पनि नरोक्ने उल्लेख गरे ।

Advertisement

यसअघि राउण्ड अन्नपूर्ण पदमार्ग हुदै मुस्ताङ आएका १ सय ७६ जना विदेशी पर्यटकलाई दुताबासको अनुरोधमा जोमसोमबाट बस चढाई उद्दार गरीएको थियो । जोमसोमबाट फर्किएका कतिपय पर्यटक स्वदेश फर्किएका छन् भने कतिपय पर्यटक पोखरा र काठमान्डौं बसेका छन् ।

तपाईको प्रतिक्रिया