८ लाख संक्रमित, ३८ हजार नजिक मृतक, २०४ देशमा फैलियो

समाधान संवाददाता २०७६ चैत १८ गते ६:४८

एजेन्सीहरु

विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख नजिक पुगेको छ । यो समाचार तया पार्दासम्म ७ लाख ८३ हजार ३३२ जना संक्रमित भएको एजेन्सीहरुले बताएका छन् ।

झण्डै ३८ हजार जनाले ज्यान गुमाएका छन । एजेन्सीका अनुसार यो समाचार तयार पार्दासम्म ३७ हजार ८४५ जनाको मृत्यु भएको छ भने विश्वका २०४ देशमा संक्रमण फैलिएको छ । करिब एक लाख ८० हजार निको भएका छन् ।

Advertisement

पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या एक लाख ६० हजार नाघेको छ । अमेरिकामा १ लाख ६३ हजार बढी संक्रमित हुँदा ३ हजार एक सय ४८ को मृत्यु भएको छ ।

इटलीमा १ लाख १ हजार बढी संक्रमित मध्ये ११ हजार ६६० को मृत्यु भएको छ भने १४ हजार ६२० सन्चो भएका छन् ।

Advertisement

स्पेन तेश्रो नम्बरमा छ । यहाँ करिब ८८ हजार संक्रमित मध्ये ७ हजार ७ सय बढीको ज्यान गएको छ भने करिब १७ हजार सन्चो भएका छन् । स्पेनले भाइरसको उत्पत्ती स्थल चिनालाई उछिनेको छ । चिनमा ८१ हजार ५०५ संक्रमित मध्ये ३ हजार तीन सय बढीको ज्यान गएको छ । यहाँ कबि ७६ हजार सन्चो भैसकेका छन् ।

तपाईको प्रतिक्रिया