८ लाख संक्रमित, ३८ हजार नजिक मृतक, २०४ देशमा फैलियो

एजेन्सीहरु
विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख नजिक पुगेको छ । यो समाचार तया पार्दासम्म ७ लाख ८३ हजार ३३२ जना संक्रमित भएको एजेन्सीहरुले बताएका छन् ।
झण्डै ३८ हजार जनाले ज्यान गुमाएका छन । एजेन्सीका अनुसार यो समाचार तयार पार्दासम्म ३७ हजार ८४५ जनाको मृत्यु भएको छ भने विश्वका २०४ देशमा संक्रमण फैलिएको छ । करिब एक लाख ८० हजार निको भएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या एक लाख ६० हजार नाघेको छ । अमेरिकामा १ लाख ६३ हजार बढी संक्रमित हुँदा ३ हजार एक सय ४८ को मृत्यु भएको छ ।
इटलीमा १ लाख १ हजार बढी संक्रमित मध्ये ११ हजार ६६० को मृत्यु भएको छ भने १४ हजार ६२० सन्चो भएका छन् ।
स्पेन तेश्रो नम्बरमा छ । यहाँ करिब ८८ हजार संक्रमित मध्ये ७ हजार ७ सय बढीको ज्यान गएको छ भने करिब १७ हजार सन्चो भएका छन् । स्पेनले भाइरसको उत्पत्ती स्थल चिनालाई उछिनेको छ । चिनमा ८१ हजार ५०५ संक्रमित मध्ये ३ हजार तीन सय बढीको ज्यान गएको छ । यहाँ कबि ७६ हजार सन्चो भैसकेका छन् ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया