कोरोना परिक्षण ल्याबमा जुट्यो सहमति, पश्चिमाञ्चलमै राखिने

समाधान संवाददाताप
कोरोना भाइरस परिक्षण गर्ने ल्याब कहाँ राख्ने भन्ने विवाद टुङ्गिएको छ । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीहरु छलपफल पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कै ल्याब भवनमा कोरोना भाइरस परिक्षण गर्ने पिसिआर मेशिन पनि राख्ने सहमति भएको हो ।
श्रोतका अनुसार गण्डकी प्रदेशका स्वास्थ्य निर्देशकले प्रतिष्ठानका जिम्मेबार व्यक्तीहरुसंग समन्वय नगरी निर्णय गर्दा ल्याब कहाँ राख्ने भन्ने विवाद भएको हो । सहमति पछि ल्याबका विज्ञ एवं प्राविधिकहरुले काम शुरु गरिसकेका छन् । आजै ल्याबको परिक्षण गर्ने गरी काम गरिदैछ ।
सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीहरु सो ल्याब त्यहा स्थापना गर्ने पक्षमा थिएनन् भने प्रदेश सरकार त्यही स्थापना गर्ने पक्षमा थियो।
हिजो हेलिकोप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन। आज विहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आइसकेको थियो । छिटो ल्याब सञ्चालन गर्न भन्दै विज्ञको टोलीलाई सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसर मै उतारिएको थियो ।
तपाईको प्रतिक्रिया